प्रधानमन्त्री कार्कीको भनाइ हास्यास्पद : कमल थापा

हिमाल प्रेस २९ असोज २०८२ १७:२२
16
SHARES
प्रधानमन्त्री कार्कीको भनाइ हास्यास्पद : कमल थापा कमल थापा। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफू प्रधानमन्त्री हुन र संसद् विघटन गर्न संविधानले नछेक्ने तर जेन्जी युवाको परिवर्तनको चाहना पूरा गर्न भने संविधान बाधक रहेको तथा नयाँ संसद्बाट चुनिएर आउनुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको तर्क हास्यास्पद रहेको बताएका छन्।

पार्टीको कोशी, मधेश र बागमती क्षेत्र समन्वय समितिका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको असफलताको कारण देश संकटमा परेको तर्क गर्दै अहिलेकै व्यवस्थालाई कायम राखेर निर्वाचन गर्नुको कुनै अर्थ नरहने बताए।

जेनजी आन्दोलनले खोजेको परिवर्तनको चाहनालाई देशीविदेशी शक्तिहरूको साँठगाँठबाट तुहाइएको बताउँदै थापाले आन्दोलन अधुरो भएको, आन्दोलनको अधुरो काम पूरा गर्न हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी तथा सुशासनको मुद्दालाई लिएर राप्रपा नेपाल जनताको माझमा जानुपर्ने बताए।

भ्रष्टाचार र कुशासनको अन्त्यका निमित्त भएको आन्दोलनले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई विस्थापित गर्न सफल भए तापनि भ्रष्टाचार र कुशासनको मुख्य कारणको रूपमा रहेको निर्वाचन प्रणाली, शासकीय स्वरूप, प्रदेश संरचना परिवर्तन गर्न नसकेकोमा रोष प्रकट गरे।

बैठकका अधिकांश सहभागीहरूले पार्टी एकताको आवश्यकता र महत्व रहेता पनि पार्टीको मूलभूत आदर्श र मान्यतालाई कमजोर बनाउने गरी कसैसँग एकता र सहकार्य गर्न आवश्यक नरहेको बताए।

प्रकाशित: २९ असोज २०८२ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast