नेप्से परिसूचक २२ अंकले घट्यो

हिमाल प्रेस २९ असोज २०८२ १६:०२
8
SHARES
नेप्से परिसूचक २२ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अंकले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ।

कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५
रुपैयाँमा खुम्चिएको छ ।

म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै समूहका उपसूचक घटेका छन्। व्यापार दुई दशमलव शून्य नौ, अन्य समूह एक दशमलव २२ प्रतिशतले घटेको छ।

त्यस्तै बैंकिङ शून्य दशमलव ५४, विकास बैंक एक दशमलव १४, वित्त एक दशमलव १०, होटल तथा पर्यटन एक दशमलव शून्य छ, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ९८, जीवन बिमा शून्य दशमलव ७५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ५६ र निर्जीवन बिमा समूह शून्य दशमलव ६५ प्रतिशतले घटेको छ।

विन्ध्यवासिनि हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको बजारमा मनकामना इञ्जिनियरिङ हाइड्रोपावर पाँच दशमलव ८७ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७५ प्रतिशतले घटेका छन्।

त्यस्तै आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य छ दशमलव ९३ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २० करोड ५४ लाख चार हजार ३६७ मूल्य बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्यायाका आधारमा युनियन हाइड्रोपावर लिमिटेडको शेयर दुई लाख ७३ हजार ३२२ कित्ता खरिदबिक्री भएको छ।

प्रकाशित: २९ असोज २०८२ १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast