कोमल वलीसहित ६ संगीतकर्मीले गाए तिहार गीत ‘देउसी भैलो’ 

हिमाल प्रेस २९ असोज २०८२ १३:३९
26
SHARES
कोमल वलीसहित ६ संगीतकर्मीले गाए तिहार गीत ‘देउसी भैलो’ 

काठमाडौँ- तिहार पर्व नजिकिएसँगै संगीतकर्मीहरूले तिहार विशेष गीत सार्वजनिक गर्न थालेका छन्। यसैबीच कोमल वली, राजु परियार, बिमलराज क्षेत्री, टिका पुन, अमृता लुङ्गेली मगर र सरोज विरही कार्कीको स्वरमा ‘देउसी भैलो’ बोलको तिहार गीत सार्वजनिक भएको छ।

गीतमा गायक सरोज विरही कार्कीको शब्द, संगीत र संगीत संयोजन रहेको छ। गीतमा देउसी खेल्ने परम्परालाई समेटिएको छ।

उदिराम खड्काले निर्देशन गरेको गीतको भिडियोमा कृष्णप्रसाद कँडेल, प्रतिमा कँडेल, उषा सुवेदी, सुरेश कोहली, जमुना राणा र मञ्जु गौतमले अभिनय गरेका छन्।

यस्ताे छ गीत

प्रकाशित: २९ असोज २०८२ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast