अझै सञ्चालनमा आएनन् ४ मुख्य राजमार्ग

हिमाल प्रेस २९ असोज २०८२ १२:२५
8
SHARES
अझै सञ्चालनमा आएनन् ४ मुख्य राजमार्ग

काठमाडौँ- बाढी पहिरोका कारण क्षति पुगेका केही राजमार्ग अझै खुल्न सकेका छैनन् । नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कोशी र बागमती प्रदेशका ४ वटा मुख्य राजमार्ग अझै अवरुद्ध छन् ।

कोशी प्रदेशमा निरन्तर वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवामा सडक क्षति हुँदा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

इलाम नगरपालिका–१, राजदुवाली लगायतका स्थानहरूमा अविरल वर्षाका कारण मेची राजमार्ग पनि अवरोध भएको छ ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल बाढीले बगाउँदा तीन महिनायता पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, डालाबेशी, बुल्ढुङगा लगायतका स्थानहरूमा बाढी र पहिरोका कारण बीपी राजमार्गमा एकतर्फी रूपमा सञ्चालनमा छ ।

प्रकाशित: २९ असोज २०८२ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast