
काठमाडौँ- बलिउड फिल्म ‘थामा’ को ट्रेलर सार्वजनिक भएको छ। म्याडडक फिल्मस्बाट ट्रेलर सार्वजनिक भएको हो।
सार्वजनिक ट्रेलरमा हरर र कमेडीसहितकाे प्रेमकथा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा आयुषमान खुराना र रश्मिका मन्डन्ना छन्। अन्य कलाकारमा र परेश रावल,नवाजुद्दीन सिद्दीकी, फैसल मलिक, रचित सिंह, गीता अग्रवाललगायतको अभिनय छ।
आदित्य सरपोतदारले निर्देशन गरेको फिल्मका लेखक निरेन भट्ट, सुरेश म्याथ्यू, अरुण फुलारा हुन्। फिल्ममा दिनेश विजन र अमर कौशिकले लगानी गरेका छन्।
फिल्म अक्टोबर २१ अर्थात् कात्तिक ४ देखि विश्वभर प्रदर्शन हुनेछ।
यस्तो ट्रेलर
प्रकाशित: २९ असोज २०८२ ११:४६
प्रतिक्रिया