कांग्रेस–एमाले बिना नै सोनलले बनाउँदैछन् मधेशमा सरकार

कांग्रेस–एमाले सहमतिअनुसार अघि नबढ्दा नयाँ गठबन्धन बन्यो : मिश्र

हिमाल प्रेस २९ असोज २०८२ ११:३३
94
SHARES
कांग्रेस–एमाले बिना नै सोनलले बनाउँदैछन् मधेशमा सरकार

काठमाडौँ- जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मार्गप्रशस्त गरेपछि नयाँ मुख्यमन्त्रीबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का उपाध्यक्ष जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने तयारी छ।

मधेशबाट प्रतिनिधित्व गर्ने दलहरूको अगुवाइसहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समेत सहभागिता रहने छ। सोनलले केहीबेरअघि ५ दलका ५७ सांसदको समर्थनसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन्।

सोनललाई नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन्। यसअघि कांग्रेस, एमाले र जनमतको सहकार्यमा सरकार बनाउने प्रयास भएको थियो।

१०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। जितेन्द्र सोनल लोसपा नेपालका उपाध्यक्ष पनि हुन्।

जनता समाजवादी पार्टी, नेपालको १९, लोसपा १३, माओवादीको ९, एकीकृत समाजवादी ७ जना सांसद छन्। ठूला दलहरूले कांग्रेस नेतृत्वको समर्थनमा सरकार बनाउने प्रयत्न गरेका थिए। जनमतलाई साथ लिएर कांग्रेस–एमालेले सरकार बनाउने प्रयत्न गरे पनि निष्कर्षमा पुग्न सकेनन्। जनमत लोसपाप्रति नै ढल्किदा लोसपाकै नेतृत्वमा सरकार बन्ने लगभग निश्चित छ।

लोसपा महासचिव मनिष मिश्रका अनुसार पूर्वसहमतिअनुसार कांग्रेस–एमालेले सरकार बनाउन नचाहदा नयाँ गठबन्धन बनेको हो। ‘यसअघि केन्द्रमा कांग्रेस–एमालेकै सरकार बन्दा हामीले मधेशमा सरकारको नेतृत्व लिने सहमति थियो। तर अहिले सहमतिविपरीत काम हुँदा नयाँ तरिकाले अघि बढ्यौँ।’ मिश्रले भने। मंगलबार दिनभर कांग्रेसले एमाले र जनमतलाई लिएर सरकार बनाउने प्रयत्न गरेको थियो। तर अन्त्यमा एमाले–कांग्रेसभन्दा जनमत लोसपातिरै ढल्किन पुगेको हो।

प्रकाशित: २९ असोज २०८२ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast