सुनको भाउ २ लाख ४८ हजार ९०० रुपैयाँ पुग्यो

हिमाल प्रेस २९ असोज २०८२ ११:११
6
SHARES
सुनको भाउ २ लाख ४८ हजार ९०० रुपैयाँ पुग्यो

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य थप बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो।

छापावाल सुन १० ग्रामको २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो।

प्रकाशित: २९ असोज २०८२ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast