मधेश मुख्यमन्त्रीमा दाबी गर्न अपराह्न ४ बजेसम्मको समय

हिमाल प्रेस २९ असोज २०८२ ८:२८
8
SHARES
मधेश मुख्यमन्त्रीमा दाबी गर्न अपराह्न ४ बजेसम्मको समय

काठमाडौँ- मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार अपराह्न ४ बजेसम्मको समय रहेको छ। मंगलबार नयाँ सरकारका लागि आह्वान गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अपराह्न ४ बजेसम्मको समय दिएकी थिइन् ।

सो अवधिका लागि दलहरुले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन्। मधेशमा मुख्यमन्त्रीका लागि कांग्रेस र लोसपाले दाबी गर्दै आएपनि ठोस सहमति भइसकेको छैन।

मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएपछि मधेशमा नयाँ प्रक्रिया सुरु भएको हो।

प्रकाशित: २९ असोज २०८२ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast