कांग्रेस कार्यवाहक सभापति तोकिएका खड्काको यस्तो छ राजनीतिक विगत

हिमाल प्रेस २८ असोज २०८२ १५:१९
84
SHARES
कांग्रेस कार्यवाहक सभापति तोकिएका खड्काको यस्तो छ राजनीतिक विगत नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का तोकिएका छन्। सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन्।

देउवाले बैठकमा भने, ‘मेरो स्वास्थ्यका कारण म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गने गरी तोकेको छु। उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।’

खड्का पञ्चायतकालको प्रतिबन्धित अवस्थादेखि निरन्तर कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। २०३१ सालबाट राजनीतिमा लागेका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए। त्यतिबेला उनी २४ वर्षका थिए।

२०३६ सालमा खड्काले वीरेन्द्रनगर नगर प्रमुखका रूपमा निर्वाचित भएका थिए। तत्कालीन राजाले पञ्चायतको समर्थन गर्न दबाब दिएपछि अस्वीकार गर्दा उनी नगर प्रमुख भएको ६ महिनामै अपदस्थ भएका थिए। उनी सुर्खेतबाट २०४८, २०५१, २०५६ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए।

२०६४ सालको संविधानसभामा समानुपातिक सांसद रहेका खड्का २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए। उनी २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि निर्वाचित भएका थिए। उनी दुईपटक गृहमन्त्री भइसकेका छन्। खड्कासँग युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्यमन्त्रीका रूपमा काम गरेको अनुभव छ। उनी संसदको राज्य व्यवस्था समितिको सभापतिसमेत बनेका थिए।

खड्का सन्तनेता कृष्णप्रसाद भट्टराईसँग अत्यन्त निकट भएर काम गरेका व्यक्ति हुन्।  उनी पछिल्लो पार्टीको १४ औँ महाधिवेशनमा उपसभापतिमा निर्वाचित भएपछि  देउवाका निकट सहयोगीका रूपमा  सक्रिय थिए। खड्का कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेताका रूपमा पनि परिचित छन्।

प्रकाशित: २८ असोज २०८२ १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast