
काठमाडौँ- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको प्रतिनिधि मण्डलले शिक्षामन्त्री डा.महावीर पुनसँग भेट गरी शिक्षक तथा विद्यालय कर्मचारीसँग सम्बन्धित विभिन्न मुद्दाबारे विस्तृत छलफल गरेको छ।
नेपाल शिक्षक संघ संघीय कार्यसमिति अध्यक्ष सोमनाथ गिरीका अनुसार गत वैशाख १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको ९ बुँदे निर्णयको कार्यान्वयन, शिक्षक सरुवा कार्यविधिको खारेजी वा परिमार्जन, प्रारम्भिक बालविकास शिक्षक र कर्मचारीहरूको तलबमान वृद्धि, विभिन्न पालिकाबाट अस्थायी रूपमा नियुक्त शिक्षकमाथि करार नवीकरणका नाममा गरिएको ज्यादती र विभिन्न बहानामा तलब रोकिएको जस्ता विषयहरू छलफलका प्रमुख एजेन्डा बनेका थिए।
अध्यक्ष गिरीले शिक्षकहरूको हकहितका मुद्दा तत्काल समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। उनले शिक्षक समुदायको मागलाई संवेदनशील रूपमा लिई व्यावहारिक समाधानतर्फ अघि बढ्न आग्रह गरेका छन्।
शिक्षामन्त्री पुनले उठाइएका विषयहरूबारे अध्ययन गरी मन्त्रालयस्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
यो पनि