सुनको भाउ एकै दिन ८ हजार १०० ले बढ्यो, मूल्य हालसम्मकै बढी

हिमाल प्रेस २८ असोज २०८२ ११:१४
12
SHARES
सुनको भाउ एकै दिन ८ हजार १०० ले बढ्यो, मूल्य हालसम्मकै बढी

काठमाडौँ-  सुनको मूल्य तोलामा एकैदिन ८ हजार १०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो। जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।

सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो।

सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो।

प्रकाशित: २८ असोज २०८२ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast