![तिहारका लागि माटोका भाँडा बनाउन भ्याइनभ्याइ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/10/bhada-mato.jpg)
तिहार नजिकिँएसँगै बजारमा चहलपहल बढेको छ। तिहारका लागि आवश्यक वस्तुको निर्माणदेखि किनबेचसम्म भएका छन्। तिहारमा माटोका भाडाको विशेष महत्त्व छ।
दीप, रङ, फूल र खुसीयालीले भरिएको यो पर्वले केवल सौन्दर्य र रमाइलोपन मात्र होइन, सांस्कृतिक, धार्मिक र प्रतीकात्मक अर्थ पनि बोकेको हुन्छ। त्यसै सन्दर्भमा माटोका भाँडा जस्तैः दीयो, भड्का, धूपदानी, कलश आदि तिहारमा विशेष महत्व राख्छन्। यसैबीच भक्तपुर नगरपालिका–४ स्थित बोलाछेँ तालाक्व (पोट्टरी स्क्वायर) मा माटोका भाँडा तयार गरिएको छ।
अहिले तिहार नजिकिएसँगै माटोको दियो, चौमुखे दियो, घैला (कलशा) लगायतका सामग्री बनाउने, सुकाउने र रङ भर्ने काममा कुमाले समुदाय व्यस्त रहेका छन्। देशका विभिन्न ठाउँमा पनि माटोका भाडा निर्माण गरिएको छ।




प्रकाशित: २८ असोज २०८२ ११:३१
प्रतिक्रिया