
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।
जनमत पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले सिंहलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्।नैतिक रूपमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने दलहरूको माग भए पनि सिंह विश्वासको मत लिन लागेका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए। तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए।
प्रकाशित: २८ असोज २०८२ ७:५५
प्रतिक्रिया