
काठमाडौँ- पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा ८ करोड बढी बिगोसहित पूरक अभियोगपत्र पेस भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार महराविरुद्ध संगठित अपराध र भन्सार ऐन अन्तर्गत पूरक अभियोगपत्र पेस गरेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिनुका साथै ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो कायम गरिएको छ ।
प्रकाशित: २८ असोज २०८२ ७:००
प्रतिक्रिया