राप्रपाले बोलायो कार्य समिति बैठक

हिमाल प्रेस २८ असोज २०८२ ६:४४
52
SHARES
राप्रपाले बोलायो कार्य समिति बैठक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको धारणा तय गर्न तथा समितिको बैठक बोलाएको छ ।

बैठक असोज २९ गते बुधबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकमा हालसम्म सम्पन्न भएका स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति मूल्यांकन, सांगठनिक सुदृढीकरणका उपाय, समसामयिक राजनीतिक परिस्थिति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल हुनेछ ।

 

 

प्रकाशित: २८ असोज २०८२ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast