
काठमाडौँ- सन्दीप लामिछानेको सानदार बलिङबाट नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले कतारविरुद्ध ५ रनको रोमाञ्चक जित हासिल गरेको छ।
ओमानको मस्कटमा सोमबार राति भएको खेलमा १ सय ४८ रनको लक्ष्य पाएको कतार १९.५ ओभरमा १ सय ४२ रनमा अलआउट भएको थियो। कतारले निर्धारित ओभरमा १४२ रन बनाएपछि नेपाल विजयी भएको हो। खेलमा सन्दीप लामिछानेले ५ विकेट लिएका थिए।
यो जितपछि नेपाल ट्वान्टी-२० विश्वकपको नजिक पुगेको छ। सुपर लिगमा नेपालको यो लगातार दोस्रो जित हो। नेपालले यसअघि आइतबार सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो।
नेपाल र ओमानको समान ६ अंक छ। नेपाल र ओमान बुधबार खेल्दै छन्। यसले यी दुई टोलीको विश्वकपमा पुग्ने औपचारिकता निश्चित गर्नेछ। यूएई र जापानको २–२ अंक छ। नेपालले अन्तिम खेल सामोओसँग शुक्रबार खेल्नेछ।