
चितवन- यहाँस्थित जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि सोमबारदेखि ११ घण्टा सेवा दिन थालेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सेवा सुरु गरिएको हो।
आवश्यक उपकरणको अभावका कारण चापअनुसार सेवा दिन नसकेपछि ती सेवालाई बिहानदेखि सुरु गरेको उनले बताए।
राष्ट्रिय परिचयपत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा हुँदै पनि सेवा दिन कठिन भएको उनको भनाइ छ।
प्रकाशित: २७ असोज २०८२ १९:१०
प्रतिक्रिया