‘सोल्टिनी’ को ट्रेलरमा अन्तरजातीय प्रेम र पारिवारिक उतारचढाव [भिडियोसहित]

हिमाल प्रेस २७ असोज २०८२ १७:१४
8
SHARES
‘सोल्टिनी’ को ट्रेलरमा अन्तरजातीय प्रेम र पारिवारिक उतारचढाव [भिडियोसहित]

काठमाडौँ- फिल्म ‘सोल्टिनी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा बाल्यकालदेखिका लाहुरेकाे छाेरी र बाहुनका छाेराबीचकाे प्रेम देखाइएकाे छ। जातकै कारण यी दुई प्रेमीबीच विवाहका लागि परिवारबाट हुने बाधा र अड्चन प्रस्तुत गरिएकाे छ।

फिल्मका मुख्य पात्र हुन् प्रकाश सपुत र परीक्षा लिम्बू। उनीहरूसँगै फिल्ममा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय छ।

 फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्। फिल्म आगामी कार्तिक ६ अर्थात् भाइटिका देखि प्रदर्शन हुनेछ।

यस्तो छ ट्रेलर

प्रकाशित: २७ असोज २०८२ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast