एन्फामा विवाद : असन्तुष्ट पक्षले मागे अध्यक्षको राजीनामा

हिमाल प्रेस २७ असोज २०८२ १६:२६
10
SHARES
एन्फामा विवाद : असन्तुष्ट पक्षले मागे अध्यक्षको राजीनामा

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत असन्तुष्ट पक्षले अध्यक्ष पंकजविक्रम नेम्वाङको राजीनामा माग गरेका छन्।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुँदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन्।

एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले ‘ए’ डिभिजन लिगका लागि टीमहरु तयार हुँदा पनि अध्यक्षले लिग सञ्चालनमा उदासीनता देखाएको आरोप लगाए। उनले नेतृत्वले फुटबलको विकासका लागि गर्नुपर्ने आधारभूत कार्यहरुमा उदासीनता देखाएको, सरोकारवालाहरुको आवाजलाई वेवास्ता गरेको तथा संस्थागत पारदर्शिता कायम गर्न नसकेको बताए।

दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेलहरु खेलाउन आवश्यक मापदण्डअनुसार योग्य बनाउन एन्फा नेतृत्व असफल भएको उनको भनाइ छ। उनले एन्फाको नेतृत्व एकलौटी ढंगले अघि बढे अर्ली इलेक्सनका लागि दबाब दिने स्पष्ट पारे।

उनीहरुले एन्फाको साधारणसभाले तय गरेका कार्यक्रमहरुलाई समयमा नै आयोजना गर्न नसकेको, खेलाडीलाई प्रोत्साहनको कमी, अपारदर्शी आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय खेल सञ्चालनमा असफलता लगायतका आरोप लगाएका छन्।

खड्काले एन्फाभित्र समस्या उत्पन्न हुँदा अध्यक्ष पंकज नेम्वाङ कसैलाई जानकारी नगराई साउदी अरब पुगेको आरोप समेत लगाए।

प्रकाशित: २७ असोज २०८२ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast