नेप्से परिसूचक ४४ अंकले बढ्यो

हिमाल प्रेस २७ असोज २०८२ १५:५८
8
SHARES
नेप्से परिसूचक ४४ अंकले बढ्यो सेयर बजार

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अ‌ंकले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ। यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो।

आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ। बैंकिङ शून्य दशमलव २८, विकास बैंक एक दशमलव ४१, वित्त एक दशमलव ०२, होटल तथा पर्यटन तीन दशमलव ३५, जलविद्युत् दुई दशमलव १०, लगानी दुई दशमलव २७ र जीवन बिमा समूह एक दशमलव ९२ प्रतिशतले बढेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ५६, लघुवित्त शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ४४, व्यापार दुई दशमलव ८१ र अन्य समूह पाँच दशमलव ०१ प्रतिशतले बढेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ९१ लाख चार हजार ७३२ मूल्य बराबरको कारोबार भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंक लिमिटेडको पाँच लाख २३ हजार २३३ कित्ता सेयर किनबेच भएको हो।

प्रकाशित: २७ असोज २०८२ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast