यी सडक छन् पूर्णरूपमा अवरुद्ध

हिमाल प्रेस २७ असोज २०८२ १०:४७
6
SHARES
यी सडक छन् पूर्णरूपमा अवरुद्ध

काठमाडौँ- वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका तीन ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। एक ठाउँमा सडक एकतर्फी छ भने एउटा सडकमा साना सवारी मात्र गुडिरहेका प्रहरीले जनाएको छ।

कोशी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला गाउँपालिका  ४ बरुणखोला, संखुवासभाकै मकालु गाउँपालिका ३ एकुवा र रसुवाको गोसाइँकुण्डस्थित पासाङ ल्यामु सडकक खण्ड आज पूर्णरूपमा अवरुद्ध पासाङ ल्यामु सडकका तीन ठाउँमा सडक अवरुद्ध छ।

इलामको इलाम नगरपालिका ९ राजदूवालीस्थित मेची राजमार्गमा अहिले साना सवारी साधन मात्रै गुडिरहेका प्रहरीले जनाएको छ। काभ्रेको रोसी गाउँपालिका ११ को माम्तीखोला, डालाबसेँसी र बुल्ढुंगा लगायतका ठाउँमा सडक एकतर्फी छ।

प्रकाशित: २७ असोज २०८२ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast