आईसीसी टी–२० विश्वकप छनोट : यूएईविरूद्ध नेपालको रोमाञ्चक जित

हिमाल प्रेस २६ असोज २०८२ १९:५५
26
SHARES
आईसीसी टी–२० विश्वकप छनोट : यूएईविरूद्ध नेपालको रोमाञ्चक जित तस्बिर : क्यान

काठमाडौँ- आईसीसी टी–२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरूद्ध रोमाञ्चक जित हासिल गरेको छ।

खेलको अन्तिम बलमा यूएईका ब्याटरलाई रनआउट गर्दै नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो।

ओमानको अल अमिरतरिस्थत ओमान क्रिकेट एकेडमी टर्फ–१ मा सम्पन्न सुपर सिक्सको दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको १४१ रनको लक्ष्य यूएईले पूरा गर्न सकेन। यो जितसँगै आईसीसी टी–२० विश्वकप पुग्ने बलियो सम्भावना देखिएको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल तयार पारेको थियोर नेपालका लागि आसिफ शेखले सर्वाधित ५१ रन बनाए।

त्यस्तै कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १, गुलशन झाले १४ रन बनाउँदौ सन्दीप जोरा ४ र सोमपाल कामी ६ रन बनाएर नटआउट रहे।

यूएईका लागि जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौसिक र धु्रव परासरले १–१ विकेट लिए।

१४१ रनको लक्ष्य पछ्याएको यूएईका ब्याटर हैदरी अली खेलको अन्तिम बलमा रन आउट हुँदा नेपालले एक रनको रोमाञ्चक जित हासिल गर्‍यो। १३८ रन बनाइसकेको यूएईलाई जितका लागि तीन र बराबरीका लागि एक रन जरूरी थियो। ऐरीको बलमा सट हानेर जुनैद सिद्दिकी र हैदर अली दौडे। दोस्रो रनका लागि दौडीरहेको बेला हैदरलाई विकेट किपर आसिफले रन आउट गरे। र, नेपालले एक रनको जित हासिल गर्‍यो। सुपर सिक्सको दोस्रो खेल नेपालले सोमबार कतारविरूद्ध खेल्दै छ।

यूएईका आलिसान सराफूले सर्वाधिक ५८ रन बनाए। त्यस्तै जोनाथन फिगीले १९, राहुल चोपराले ७, हर्षित कौशिकले २, ध्रुव परासरले ३२, जाहिद अलीले ११ रन बनाउँदा हैदरी अली शून्य र जुनैद सिद्दिकी १ रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३, सोमपाल कामी, गुलशन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए।

प्रकाशित: २६ असोज २०८२ १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast