सर्वोच्चमा रिट र अन्य निवेदन दर्ता मंगलबारदेखि

हिमाल प्रेस २६ असोज २०८२ १७:३९
16
SHARES
सर्वोच्चमा रिट र अन्य निवेदन दर्ता मंगलबारदेखि सर्वोच्च अदालत भवन। फाइल तस्बिर।

काठमाडौँ- सर्वोच्च अदालतले जेनजी आन्दोलनकारीबाट आगजनी भएको कारण रोकिएको न्यायिक कार्य क्रमशः सुरु गर्ने भएको छ। अदालतले आज आइतबार जारी गरेको सूचना अनुसार असोज २८ गतेदेखि रिट निवेदन तथा केही अन्य कानुनी निवेदन दर्ता र सुनुवाइ सुरु हुने जनाएको हो।

अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ,‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदन मिति २०८२ असोज २८ गतेदेखि दर्ता र सुनुवाइ हुनेछन्।’

गत भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका कारण न्यायिक कार्य स्थगन गरिएको थियो। सो घटनाबाट अदालतको भवन, कागजात र अभिलेखमा समेत क्षति पुगेको थियो।

प्रकाशित: २६ असोज २०८२ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast