
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ७८.८३ अङ्कले घटेर दुई हजार ५०३.३५ को बिन्दुमा कायम भएको छ। यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो। आइतबार ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ रुपैयाँ बराबरको कारोबार भएको छ। २४२ कम्पनीको सेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको नेप्से परिसूचकले जनाएको छ।
आइतबार सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी होटल तथा पर्यटन समूह चार दशमलव ८४ र अन्य समूह चार दशमलव ७९ प्रतिशतले घटेको छ। बैंकिङ दुई दशमलव ३०, विकास बैंक दुई दशमलव ९३, वित्त तीन दशमलव ६७, जलविद्युत् तीन दशमलव ९७, लगानी तीन दशमलव १३ र जीवन बिमा समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ।
उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त दुई दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ९९, निर्जीवन बिमा दुई दशमलव ३२ र व्यापार समूह दुई दशमलव ८५ प्रतिशतले घटेको छ।
नेपाल माइक्रो इन्स्योरेन्क कम्पनी लिमिटेडको सेयर मूल्य आइतबार सबैभन्दा बढी छ दशमलव शून्य एक प्रतिशतले बढेको छ। सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नौ दशमलव २७ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल रिइन्स्योेरेन्स कम्पनी लिमिटेडको ३८ करोड सात लाख ४७ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको सात लाख २६ हजार ६७३ कित्ता सेयर किनबेच भएको छ।