जसपा नेपालको मधेश प्रदेश अधिवेशन भोलि

हिमाल प्रेस २६ असोज २०८२ १५:५६
8
SHARES
जसपा नेपालको मधेश प्रदेश अधिवेशन भोलि

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशको पहिलो एकता अधिवेशन सामेबारदेखि जनकपुरमा हुने भएको छ।

नयाँ कार्यसमिति बनेको झन्डै एक वर्षपछि जसपा नेपाल मधेश प्रदेशको अधिवेशन हुन लागेको हो। दलहरूबीच एकीकरण र टुटफुट भएका कारण जसपा नेपाल मधेश प्रदेशको अधिवेशन हुन सकेको थिएन।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जसपा नेपालले जनकपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

प्रदेश अध्यक्ष बालकृष्णप्रसाद यादवले महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा दिउँसो अधिवेशन सुरू हुने जानकारी दिए। उनका अनुसार अधिवेशनमा पाँच सय प्रतिनिधि र एक सय पर्यवेक्ष गरी ६ सय जना सहभागी हुनेछन्।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने प्रदेश अधिवेशन असोज २७ र २८ गतेसम्म चल्ने उनले बताए। प्रदेश अध्यक्ष यादवले अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, जेनजी आन्दोलनलगायतका विषयमा छलफल हुने जानकारी दिए।

अधिवेशनमार्फत अध्यक्ष पदाधिकारीसहित ५१ सदस्यीय प्रदेश अधिवेशन गठन हुनेछ।

प्रकाशित: २६ असोज २०८२ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast