चुलु फार इस्ट हिमालमा फहरायो सशस्त्र प्रहरी बल नेपालको झन्डा

हिमाल प्रेस २६ असोज २०८२ १३:१७
4
SHARES
चुलु फार इस्ट हिमालमा फहरायो सशस्त्र प्रहरी बल नेपालको झन्डा चुलु फार इस्ट हिमालमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराइँदै। तस्बिर स्रोत : सशस्त्र प्रहरी बल

काठमाडौँ- सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलसहित सातजना सशस्त्र प्रहरी कर्मचारीहरुले दामोदर हिमशृंखलाअन्तर्गत पर्ने चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका छन्। असोज २५ गते बिहान ७ बजे ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झन्डा फहराइएका हो।

पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिृद्धि हुन्छ भन्ने विश्वासका साथ गरिएको आरोहरणले पर्यटन प्रवद्धनमा कोसेढुंगासमेत साबित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालन भइरहेको पर्वतीय उद्धार तालिमका लागि आवश्यक पर्ने प्रशिक्षकहरुको उत्पादनमा समेत ठूलो भूमिका निर्वाह गर्ने विश्वास लिइएको सशस्त्र प्रहरी बलले जनाएकव छ।

केही समय्अगाडि सशस्त्र प्रहरी बल, नेपालले चुलु फार इस्ट हिमाल आरोहण गर्न अनुमति खुला गर्ने प्रक्रियामा पहल गरेको थियो। फलस्वरूप सशस्त्र प्रहरी बल, नेपाललाई आरोहण गर्ने अवसर मिलेको हो। यसअघि चुलु इस्ट हिमालको अनुमति लिएर चुलु फार इस्ट हिमालको आरोहण गर्ने प्रचलन थियो। सशस्त्र प्रहरी बल, नेपालको यस आरोहणपछि चुलु फार ईस्ट हिमाल आरोहण गर्ने कानुनी वैधतासमेत प्राप्त गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेलसहित ७ जना, निम तेम्बा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइडलाइन्समा फोर्टिन, पिक्स एक्सपिडिसनमार्फत उक्त हिमाल आरोहण गरेको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast