सांगीतिक प्रस्तुतिसँगै अटो र रिक्सामार्फत फिल्म प्रचारप्रसारमा ‘मैझारो’ टिम

हिमाल प्रेस २६ असोज २०८२ १२:३०
8
SHARES
सांगीतिक प्रस्तुतिसँगै अटो र रिक्सामार्फत फिल्म प्रचारप्रसारमा ‘मैझारो’ टिम

काठमाडौँ- आगामी कातिक ७ बाट प्रदर्शन हुने फिल्म ‘मैझारो’ का निर्माण टिम यतिबेला प्रचारप्रसार व्यस्त हुन थालेका छन्। निर्माण टिमले फिल्मबारे प्रचारमा पूर्वका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पूर्वका अधिकांश इ-रिक्साका साथै अटोमा ‘मैझारो’ को पोस्टर टाँसिएको छ।

गायक तथा हास्य कलाकार समेत रहेका निर्देशक तथा निर्माता विल्सन विक्रम राईले फिल्मलाई आम दर्शकमाझ पुर्‍याउन लागिपरेको बताए। उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक कार्यक्रम पनि गरिरहेका छन्।

गत बिहीबार धरानमा र शनिबार बिर्तामोडमा उनले कार्यक्रम गरेका छन्। निर्माण पक्षले झापाको बिर्तामोड, दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी, धरानमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ।।

‘फिल्म मैझारोको व्यापक प्रचारमा लागेका छौँ,’उनले भने, ‘दर्शकलाई मनोरञ्जनका साथै फिल्म हलमा लाग्न लागेको जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ। यो नौलो तरिका पनि हो।’

यसअघि यो फिल्मको प्रचारसामाग्री पोस्टर, दुई वटा गीत र टिजरले दर्शकले रुचाएका छन्। निर्देशक राईकै लगानी र लेखन रहेको यस फिल्मले मौलिक प्रेम कथा प्रस्तुत गरेको छ। उनको यो डेब्यु निर्देशन पनि हो।

फिल्ममा धीरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुलगायतका कलाकारको अभिनय छ।

प्रकाशित: २६ असोज २०८२ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast