झलनाथ खनालको आरोप- पार्टी नेतृत्व दक्षिणपन्थीको पछि लागेको छ

हिमाल प्रेस २६ असोज २०८२ १२:२०
20
SHARES
झलनाथ खनालको आरोप- पार्टी नेतृत्व दक्षिणपन्थीको पछि लागेको छ पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी नेतृत्व दक्षिणपन्थी धारमा लागेको आरोप लगाएका छन्।

पत्नीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा रहेका खनालले पार्टी सचिवालयको बैठकमा पठाएको लिखित धारणामा यस्तो आरोप लगाएका हुन्। अहिले समाजवादी र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको तयारी भइरहेको बेला खनालको यस्तो टिप्पणी आएको हो।

उनले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित अन्य वामपन्थी नेताहरू पनि दक्षिणपन्थी सोचमा तानिएको आरोप लगाउँदै भनेका छन्,‘वामपन्थी दलले नै राष्ट्र र जनतालाई सही दिशामा लैजानुपर्ने हो तर अहिलेका नेतृत्वहरू दक्षिणपन्थीहरूका पछि लागेर सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियताको कार्यभार छोडेर यथास्थितिवादमा अड्किएका छन्।’

खनालले विदेशी शक्ति केन्द्रसँग अपमानजनक सम्झौता र सन्धि गर्न थालेपछि देश संकटतर्फ धकेलिएको दाबीसमेत गरेका छन्। उनका अनुसार यही प्रवृत्तिले मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउँदै लगेको छ।

पार्टी एकताको विपक्षमा उभिएका खनालले अहिले कुनै पनि दलसँग एकीकरण गर्नु उचित नहुने धारणा राख्दै प्रत्येक पार्टीभित्र पुनर्गठन र रूपान्तरण अपरिहार्य भएको बताएका छन्।

प्रकाशित: २६ असोज २०८२ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast