कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ गते

हिमाल प्रेस २५ असोज २०८२ १९:०४
24
SHARES
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ गते कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्ने भएको छ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले तयारी अपुग भएका कारण असोज २६ गते निर्धारित केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर सार्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

तीन दिनसम्म बसेको कार्यसम्पादन परामर्श समितिसहितको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशनका विषयमा एकमत हुन नसकेपछि केन्द्रीय समिति बैठक सारिएको हो।

प्रवक्ता महतले केन्द्रीय समिति बैठकअघि औपचारिक र अनौपचारिक बैठक बसेर महाधिवेशनका विषयमा साझा धारणा बनाउने र केन्द्रीय समितिमा एजेण्डा प्रस्तुत हुने बताए।

छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा सबैको मत भए पनि व्यवहारिक मितिका विषयमा निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ।

त्यस्तै प्रवक्ता महतले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा आवश्यक निर्णय गर्ने जिकिर गरे। उनले सरकारले निर्वाचनको तयारीका विषयमा गम्भीरताका साथ काम नगरेको अनुभव रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast