
काठमाडौँ- अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक भएको छ।
शनिबार काठमाडौँको कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाललगायतले ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक गरेका हुन्।
पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरु समेटिएको अभिनेता हमालले जानकारी दिए। राजनीति, धर्म, केही मनोविज्ञानका कुरासमेत पुस्तकमा समेटिएको उनले बताए।
पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो। पुस्तक तयार गर्न करिब तीन वर्ष लागेको हमालले बताए।
प्रकाशित: २५ असोज २०८२ १७:२५
प्रतिक्रिया