सेनालाई लान्छना लगाउने काम नगरौँ : भूतपूर्वसैनिक

हिमाल प्रेस २५ असोज २०८२ १६:५९
28
SHARES
सेनालाई लान्छना लगाउने काम नगरौँ : भूतपूर्वसैनिक

काठमाडौँ- भूतपूर्व सैनिकहरुले नेपाली सेनालाई लान्छना लगाउने काम नगर्न आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्वउपरथी राजेन्द्र थापा, पूर्वसहायक रथी भरतबहादुर रायमाझी, पूर्वसहायक रथी डा.प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारीलगायतले जेनजी आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको भन्दै सेनालाई लान्छना लगाउने काम नगर्न आग्रह गरेका हुन्।

सेनाका पूर्वसहायक रथी डा.प्रेमसिंह बस्न्यातले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रका लागि काम गरेको बताए। नेपाली सेनाले राम्रो काम गर्दा बदनाम सहनुपरेको उनको भनाइ छ।

केपी शर्मा ओली, प्रचण्डलगायतलाई सेनाको विरुद्धमा बोल्नुअगाडि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न र सेनालाई मुर्ख संस्था नसोच्न उनले सुझाव दिए।

अवकाशप्राप्त सेनानी बासुदेव अधिकारीले जेन–जी आन्दोलनका क्रममा धेरै जनाको ज्यान जानबाट सेनाले जोगाइदिएको बताए। राष्ट्रलाई असर पर्नेगरी नलेखिदिन र नबोलिदिनसमेत सबैसमक्ष उनले आग्रह गरे।

प्रकाशित: २५ असोज २०८२ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast