रास्वपा चुनाव केन्द्रित, उम्मेदवार छनोट विधि कार्यदल गठन

हिमाल प्रेस २४ असोज २०८२ १६:४७
16
SHARES
रास्वपा चुनाव केन्द्रित, उम्मेदवार छनोट विधि कार्यदल गठन रास्वपा सचिवालयको शुक्रबार बसेको बैठक।

काठमाडौँ- रास्वपाले फागुन २१ का लागि घोषित चुनावका लागि उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न कार्यदल गठन गरेको छ।

पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार कार्यदललाई सुझाव संकलनका लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी गर्ने निर्णय भएको छ।

यसैगरी बैठकले राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक-राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै बृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समिति गठन गरेको छ। समितिको संयोजकमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गर्ने रहेका छन्।

पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा पाँच जनालाई मनोनीति गरिएको छ। मनोनीत हुनेमा जगन्नाथ पौडेल, नमस्तेलाल भूमि, शोभा जोशी बिजुक्छे, बुद्धिलाल विश्वकर्मा र जयकिशोर लाल छन्।

पार्टी केन्द्रीय समितिको विस्तारित बैठक कात्तिक १४ र १५ गते चितवनमा हुने भएको छ।

प्रकाशित: २४ असोज २०८२ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast