
काठमाडौँ- फिल्म ‘सोल्टिनी’ मा समावेश अर्को गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ। लिरिकल शैलीमा सार्वजनिक गीत झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त शिवाकोटीले गाएका छन्।
गायक शिवाकोटीकै शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। गीतको संगीत संयोजन देवेश राईले गरेका हुन्। गीतको भिडियोमा प्रयोग गरिएको तस्बिरहरूले फिल्मका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चन देखाएको छ।
फिल्म आगामी कार्तिक ६ मा भाइटिकाको दिन प्रदर्शन हुनेछ। फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्। प्रकाश र परीक्षा बाहेक फिल्ममा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय छ।
फिल्मले समाजमा विद्यमान जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको आवाज उठाउने उद्देश्य लिएको निर्देशक सुवेदीले बताए।
यस्ताे छ गीत