शिक्षक महासंघसँगको सहमति तत्काल कार्यान्वयन गर्न शिक्षामन्त्री पुनलाई विद्या भट्टराईको सुझाव

हिमाल प्रेस २४ असोज २०८२ १३:५८
422
SHARES
शिक्षक महासंघसँगको सहमति तत्काल कार्यान्वयन गर्न शिक्षामन्त्री पुनलाई विद्या भट्टराईको सुझाव

काठमाडौँ- पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले हालका शिक्षामन्त्री डा. महावीर पुनलाई नेपाल शिक्षक महासंघसँग भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न सुझाव दिएकी छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत वर्तमान मन्त्री पुनलाई सम्बोधन गर्दै महासंघसँग भएका सहमतिहरू लागू गर्नु अब अपरिहार्य भएको बताएकी हुन्।

भट्टराईका अनुसार उक्त सम्झौता शिक्षा विधेयकसँग सम्बन्धित मात्र नभई मन्त्रालयले पटक–पटक सहमति गरेर पनि कार्यान्वयन नगरेका विषयहरू समेटेर तयार गरिएको थियो। उनले भनिन्,‘नेपाल शिक्षक महासंघसँग भएको पछिल्लो सम्झौता कार्यान्वयन गर्न अनिवार्य छ।’

सम्झौतामा शिक्षकको मर्यादाक्रम निर्धारण, निजामती कर्मचारी सरह ग्रेड मिलान र तलब कायम गर्ने, राहत तथा अस्थायी शिक्षकलाई बिरामी बिदा संचित गर्न दिने र अवकाश समयमा एकमुष्ठ रूपमा प्रदान गर्ने व्यवस्था जस्ता प्रावधानहरू समावेश छन्।

त्यस्तै, दुर्गम भत्ता व्यवस्था, बालविकास कार्यकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब निर्धारण र सामाजिक सुरक्षा कोषमा समावेश गर्ने साथै शिक्षक र विद्यालय कर्मचारीलाई निजामती सरह स्वास्थ्य उपचारमा छुट दिने विषयहरू पनि सम्झौतामा समावेश भएको भट्टराईले स्मरण गराएकी छन्।

उनले हालका शिक्षामन्त्रीलाई ती सहमतिहरूलाई प्राथमिकतामा राखी नीतिगत र प्रशासनिक रूपमा कार्यान्वयन अघि बढाउनुपर्ने बताएकी छन्।

यो पनि

ईसीडी शिक्षक, विद्यालय कर्मचारीको तलब, नि:शुल्क शिक्षासहित विद्याले दिइन् शिक्षामन्त्री पुनलाई ३० बुँदामा सुझाव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast