सुनको मूल्यमा गिरावट, प्रतितोला कति?

हिमाल प्रेस २४ असोज २०८२ ११:३१
28
SHARES
सुनको मूल्यमा गिरावट, प्रतितोला कति?

काठमाडौँ- सुनको मूल्यमा सामान्य गिरावट भएको छ। बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ।

चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी रु तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: २४ असोज २०८२ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast