
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन्।
चुनाव कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलहरूबीच संवाद नहुने अवस्था रहेको भन्दै राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहित सबै दलका शीर्ष नेताहरूलाई छलफलका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो। सो अवसरमा राष्ट्रपतिले आगामी निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिएका थिए।
प्रधानमन्त्री कार्कीले भने निर्वाचन आयोगले तयारी तीव्र पारिरहेको र सरकारले पनि त्यसअनुसार आवश्यक पूर्वाधार र व्यवस्थापनमा जुटिरहेको जानकारी राष्ट्रपतिलाई गराएकी थिइन्।
प्रकाशित: २४ असोज २०८२ ११:१७
प्रतिक्रिया