
हुम्ला- अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध भएको छ।
नाम्खा गाउँपालिका-६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक ६ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन्।
सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ। सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए।
समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ। हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन्।
प्रकाशित: २४ असोज २०८२ ७:५९
प्रतिक्रिया