अजरबैजान विमान दुर्घटनामा कमजोरी भएको पुटिनद्वारा स्वीकार

हिमाल प्रेस २३ असोज २०८२ १९:५६
20
SHARES
अजरबैजान विमान दुर्घटनामा कमजोरी भएको पुटिनद्वारा स्वीकार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। फाइल तस्बिर : एएफपी/रासस

काठमाडौँ– अजरबजैनाको विमान दुर्घटना रूसका कारण हुन पुगेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक स्वीकार गरेका हुन्।

सन् २०२४ मा अजरबैजानको यात्रुवाहक विधान दुर्घटनामा रूसको गल्ती रहेको पुटिनले स्वीकार गरेका हुन्।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवसँगको भेटमा पुटिनले रूसले युक्रेनी ड्रोनलाई लक्षित गरी क्षेप्यास्त्र परिचालन गरेको र ती विमानबाट केही मिटर टाढा विस्फोट भएको बताएका छन्।

उनले भने, ‘रुसले यस्ता दुखद घटनामा क्षतिपूर्ति प्रदान गर्न आवश्यक सबै काम गर्नेछ र सबै अधिकारीहरूको कार्यको कानुनी मूल्यांकन गरिनेछ।’

अजरबैजानी एम्ब्रेयर विमान आकाशबाट अकताउ विमानस्थलको धावनमार्गभन्दा तीन किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो भने ३८ जनाको मृत्यु भएको थियो।

अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाको कारण शंकास्पद रहेको र सम्भावित मिसाइल आक्रमणको संकेत देखिएको उड्ययनविद्हरूले बताएका थिए।

‘एम्ब्रेयर १९०’ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्याको ग्रोज्नी सहरतर्फ उडान भर्ने क्रममा क्यास्पियन समुद्र पार गर्दै काजाकिस्तानको अक्टाउ नजिक दुर्घटना भएको थियो।

प्रकाशित: २३ असोज २०८२ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast