
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्।
बिहीबार मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
प्रकाशित: २३ असोज २०८२ १७:५४
प्रतिक्रिया