कीर्तिपुर मैदानमा एक महिनाभित्र फ्लडलाइट जडान हुन्छ : घिसिङ

हिमाल प्रेस २३ असोज २०८२ १६:३५
12
SHARES
कीर्तिपुर मैदानमा एक महिनाभित्र फ्लडलाइट जडान हुन्छ : घिसिङ

काठमाडौँ- ऊर्जा, भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानको निर्माणकार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

बिहीबार टियु क्रिकेट मैदानको स्थगलत निरिक्षण गर्दै मन्त्री घिसिङले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिति नजिकिँदै गएकाले छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिएका हुन्।

टियु क्रिकेट मैदानको प्याराफिट निर्माणको कार्य करिब सकिएको र फ्लडलाइट निर्माणको काम एक महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको मन्त्री घिसिङले बताए। उनले मंसिरमा आयोजना हुने एनपीएलअगाडी पहिलो चरणको काम सम्पन्न हुने जानकारी दिए।

टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको रहेकाले अब दोश्रो र तेश्रो चरणको काम सुरु गर्न टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भएको उनले बताए। मन्त्री घिसिङले टियु क्रिकेट मैदानको स्तरोन्नतिको काममा बजेटका अभाव हुन नदिने उल्लेख गरे।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अबको दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुने बताए। मंसिर १ गतेदेखि दोस्रो संस्करणको एनपीएल आयोजना गर्न क्यान तयारी अवस्थामा रहेको उनले बताए।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो। सम्झौताअनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर निर्माण कम्पनीले काम गरिरहेको छ।

प्रकाशित: २३ असोज २०८२ १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast