
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको विषय सकिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
कोइरालाले महामन्त्रीले नै नियमित महाधिवेशनको प्रस्ताव गरिसकेकाले विषेश महाधिवेशनको विषय सकिएको बताए।
‘बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव राख्नु भएको छ, त्यसैले अब विशेष महाधिवेशनको विषय सकिएको छ,’ उनले भने।
पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले नियमित महाधिवेशनका प्रस्ताव आइसकेकाले विशेषको चर्चा व्यर्थ रहेको जिकिर गरे।
प्रकाशित: २३ असोज २०८२ १६:२२
प्रतिक्रिया