कात्तिक मसान्तभित्र आईइएमआईएस अद्यावधिक गर्न विद्यालयलाई निर्देशन

हिमाल प्रेस २३ असोज २०८२ १५:४८
194
SHARES
कात्तिक मसान्तभित्र आईइएमआईएस अद्यावधिक गर्न विद्यालयलाई निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरले देशभरका सबै तहका विद्यालयलाई २०८२ साल कात्तिक मसान्तभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको छ।

केन्द्रले आज (असोज २३ गते) जारी गरेको पत्रअनुसार सामुदायिक, संस्थागत तथा परम्परागत/धार्मिक प्रकृतिका विद्यालयहरूले आफ्नो विद्यालयसँग सम्बन्धित सम्पूर्ण तथ्यांक र सूचनाहरू वेब–आधारित प्रणालीमार्फत अद्यावधिक गर्नुपर्नेछ।

पत्रमा भनिएको छ,‘एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमामार्फत संकलित, एकीकृत र विश्लेषण गरिएका तथ्यांकका आधारमा वार्षिक कार्यक्रमको तयारी, योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन कार्य हुँदै आएको छ, त्यसैले अद्यावधिक कार्य समयमै सम्पन्न गर्नु जरुरी छ।’

शैक्षिक सत्र २०८२ का लागि विद्यालयस्तरीय तथ्यांक अद्यावधिक गर्ने सम्बन्धमा केन्द्रले यसअघि २०८२ वैशाख २ गते च. नं. ४७ मार्फत पत्राचार गरिसकेको थियो। अहिले एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित भई कक्षा ११ मा भर्ना प्रक्रिया सुरु भइसकेकाले ती विद्यार्थीहरूका विवरण समेत समावेश गरी कार्तिक मसान्तसम्म एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गर्न केन्द्रले आग्रह गरेको छ।

प्रकाशित: २३ असोज २०८२ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast