दुई महिनामा साढे ६ करोड भन्सार छलीका समान बरामद

हिमाल प्रेस २३ असोज २०८२ १२:०६
8
SHARES
दुई महिनामा साढे ६ करोड भन्सार छलीका समान बरामद वीरगन्ज नाका

वीरगन्ज- सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका रु ६ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ मूल्य पर्ने सामान वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ।

साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका रु दुई करोड ३५ लाख २३ हजार पाँच सय ८२ मूल्य पर्ने सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।

जबकी सशस्त्र प्रहरीले आव २०८१/८२ को साउन र भदौमा भने भन्सार छली गरेका रु सात करोड १० लाख २१ हजार आठ सय ६१ मूल्य पर्ने सामान वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको थियो।

गत आवको दुई महिनामा रु एक करोड ९२ लाख ५३ हजार ६ सय ८७ मूल्य पर्ने बिलविजकभन्दा बढी भएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेसँगै भन्सार छली तथा बिलविजकभन्दा बढीका सामान बरामद हुने क्रममा केही कमी आएको बताए।

प्रकाशित: २३ असोज २०८२ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast