नेतन्याहूले किन गरे ट्रम्पको प्रशंसा?

हिमाल प्रेस २३ असोज २०८२ ९:५५
10
SHARES
नेतन्याहूले किन गरे ट्रम्पको प्रशंसा? तस्बिर : एफपी

काठमाडौँ- इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले गाजाको शान्ति सम्झौतका पहिलो चरणअन्तर्गत हमास र इजरायलबीच भएको सहमतिलाई इजरायलका लागि ठूलो दिन भनेका छन्।

बिहीबार सरकारको बैठक बोलाएर सम्झौतालाई अनुमोदन गरी इजरायली बन्धकहरू घर फर्र्काउने तयारी गर्ने उनले बताएका छन्।

नेतन्याहूले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘योजनाको पहिलो चरण स्वीकृत भएपछि हाम्रा सबै बन्धकहरू आफ्ना घर फर्काइनेछन्। यो कूटनीतिक सफलता हो र इजरायलका लागि राष्ट्रिय र नैतिक विजय हो।’

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अथक प्रयासका कारण यो सफलता हासिल भएको जिकिर गरेका छन्। ‘हाम्रा मित्र राष्ट्रपति ट्रम्पको अथक प्रयासहरूका कारण हामी यो महत्वपूर्ण मोडसम्म आइपुगेका छौँ,’ उनले भनेका छन्।

प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पप्रति आभार प्रकट गरेका छन्।

उनले भनेका छन्,‘म राष्ट्रपति ट्रम्पलाई उनको नेतृत्व, सहकार्य र इजरायलको सुरक्षाप्रति तथा हाम्रा बन्धकहरूको स्वतन्त्रताप्रति देखाएको अडिग प्रतिबतद्धताका लागि धन्यवाद दिन चाहन्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast