जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार तीन कैदी पक्राउ

हिमाल प्रेस २३ असोज २०८२ ८:२३
8
SHARES
जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार तीन कैदी पक्राउ

इटहरी– जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका तीन कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी टोलीले फरार कैदीहरूलाई फरक–फरक स्थानबाट नियन्त्रणमा लिएको हो।

सुनसरीको झुम्का कारागारबाट भागेका धरान उपमहानगरपालिका–१३ का ३० वर्षीय जीवन श्रेष्ठ र धरान–१४ का २० वर्षीय अस्मित कार्कीलाई अमरहाट र पत्रङबारीबाट प्रहरीले पक्राउ गरेको हो। दुवै जना लागूऔषध मुद्दामा सजाय काटिरहेका थिए।

त्यस्तै, कारागारबाट भागेका अर्का कैदी उदयपुरगढी गाउँपालिका–६ चिपचिपेका ४२ वर्षीय भक्तबहादुर राई (भोलाराज) लाई बिहीबार बिहान ४ः३० बजेतिर नेपालटारस्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो।

उनी वन मुद्दामा सजाय भोगिरहेका थिए। भक्तबहादुरलाई प्रहरी चौकी नेपालटारमा राखिएको छ। तीनै जनालाई कारागार चलान गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: २३ असोज २०८२ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast