गाजाबारे ट्रम्पको घोषणालाई संयुक्त राष्ट्रका महासचिव गुटेरेसले गरे स्वागत

हिमाल प्रेस २३ असोज २०८२ ८:१४
16
SHARES
गाजाबारे ट्रम्पको घोषणालाई संयुक्त राष्ट्रका महासचिव गुटेरेसले गरे स्वागत

काठमाडौँ- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि भएको सम्झौताको स्वागत गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘म अमेरिका, कतार, इजिप्ट र टर्कीका कूटनीतिक प्रयासहरूको प्रशंसा गर्दछु, जसले यो सम्भव बनाएको हो। सम्झौतका सबै सर्तहरूलाई पूर्ण रूपमा पालना गर्न म सम्बन्धित सबै पक्षहरूलाई आह्वान गर्दछु।’

सबै बन्धकहरूलाई सम्मानपूर्वक रिहाइ गर्नुपर्ने बताउँदै गुटेरेसले सधैँका लागि लडाइँ अन्त्य गर्न आग्रह गरेका छन्।

‘सबै बन्धकहरूलाई सम्मानपूर्वक मुक्त गर्नुपर्छ। स्थायी युद्धविराम सुनिश्चित हुनुपर्छ। लडाइँलाई सधैँका लागि अन्त्य गर्नुपर्छ,’ उनले भनेका छन्।

गाजामा तात्कालिक मानवीय सहायता उपलब्ध गराउन आह्वान गर्दै उनले संयुक्त राष्ट्र संघ सम्झौता कार्यान्वयनमा पूर्ण सहयोग गर्ने उल्लेख गरेका छन्।

हमास गाजामा बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्न सहमत भएका छन्। इजरायल र हमासबीच यो सम्झौता भएको हो। यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई वर्षदेखि जारी इजरायल–हमास युद्ध अन्त्य गर्ने योजनाको पहिलो चरण हो।

यो सम्झौतापछि ट्रम्पले भनेका छन्,‘सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ र इजरायलले आफ्नो सेनालाई सहमति भएको सीमाभित्र फिर्ता बोलाउनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast