मनसुन क्रमशः कमजोर

हिमाल प्रेस २३ असोज २०८२ ६:५०
4
SHARES
मनसुन क्रमशः कमजोर

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: २३ असोज २०८२ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast