देउवाले बोलाए पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक

हिमाल प्रेस २२ असोज २०८२ २०:१४
26
SHARES
देउवाले बोलाए पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी एवं पूर्वदाधिकारीहरूको बैठक बोलाएका छन्। देउवाले बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन्।

बैठक कुपन्डोलमा बस्ने गरी बताइएको छ। यद्यपि कुपन्डोलको कुन स्थान भन्नेबारे खोलाइएको छैन। कांग्रेसका एक पदाधिकारीले कुपन्डोलमा बैठक बस्ने बताए।

आगामी २६ गते बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको बताइएको छ। पार्टीको १५ औँ महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने यतिबेला कांग्रेसको मुख्य एजेन्डा बनेको छ।

बैठकमा जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast