कतारको नियमकानुन पूर्णरूपमा पालना गर्न नेपाली दूतावासको अनुरोध

हिमाल प्रेस २२ असोज २०८२ १८:५०
2
SHARE
कतारको नियमकानुन पूर्णरूपमा पालना गर्न नेपाली दूतावासको अनुरोध

काठमाडौँ- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीलाई कतारको नियम, कानुन, सांस्कृतिक मूल्य-मान्यता पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ। आज (बुधबार) एक जरुरी सूचना जारी गर्दै यस्तो सूचना जारी गरेको हो।

सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागुपदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोवार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गालीगलौज र चरित्रहत्या, तेस्रो मुलुक खास गरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लंघन आदि दण्डनीय कार्य भएको हुँदा यस्ता कार्यहरूमा संलग्न नहुन र नियम कानुनहरूको पालनामा विशेष सावधानी अपनाउन  दूतावासले अनुरोध गरेको छ।

नियम पालनाका लागि १७ वटा बुँदासमेत सार्वजनिक गरेको छ।

हेर्नुहोस् सूचना

प्रकाशित: २२ असोज २०८२ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast