बीपी राजमार्ग : पैदल हिँड्न पनि कठिन

हिमाल प्रेस २२ असोज २०८२ १६:१४
10
SHARES
बीपी राजमार्ग : पैदल हिँड्न पनि कठिन

काठमाडौँ– हालैको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बीपी राजमार्गका केही ठाँउमा पैदल यात्रा गर्न समेत कठिन भएको छ।

बाढीपहिरोले सडक बगाउँदा यातायात सञ्चालन अवरुद्ध भएपछि पैदल यात्रा गरी गन्तव्यतर्फ प्रस्थान गर्ने यात्रुहरुलाई कठिनाइ भएको हो।

बीपी राजमार्गअन्तर्गत चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आवतजावत गर्न कठिनाइ भएपछि सशस्त्र प्रहरी बलले पैदल यात्राका लागि अस्थायी पैदल ट्र्याक बनाएको छ। चाडपर्व मनाएर चौकीडाँडा हँुदै काठमाडौँ फर्किने यात्रुहरुलाई सशस्त्र प्रहरी बल, १५ नम्बर गणको मनसुनजन्य विपद् उद्धारका लागि अस्थायी बेसमा खटिएका सशस्त्र प्रहरीले सहजीकरण समेत गरिरहेका छन्।

बीपी राजमार्ग धुलिखेलदेखि चौकीडाँडासम्म यातायातका साधन सञ्चालन भए पनि त्यसउता सडक पूर्ण रुपमा अवरुद्ध छ। बढीपहिरोले बीपी राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो। केहि स्थानमा सडक निर्माणको कार्य सुरु गरिएको छ ।

प्रकाशित: २२ असोज २०८२ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast